त्रिशुलीमा फसेका थप एउटा टिप्पर र दुई स्काभेटर बाढीले बगायो « Khabarhub

त्रिशुलीमा फसेका थप एउटा टिप्पर र दुई स्काभेटर बाढीले बगायो


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका थप एउटा टिप्पर र दुईवटा स्काभेटर बगाएको छ ।

दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा शुक्रबार राति १० बजेतिर टिप्पर र स्काभेटरलाई बगाएको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार साँझ त्रिशुलीमा आएको बाढीले दुई वटा टिप्पर बगाएको थियो ।

सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भङ्गालो बनाएर खडा गरिएको कृत्रिम टापुमा ती सवारीसाधन राखिएको थियो । लगातारको वर्षा कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेको छ ।

उक्त स्थानमा मान्छे भने नफसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सुपर त्रिशुली हाइड्रोपावर आयोजना नुवाकोटको बुट्टारमा निर्माणाधीन छ ।

याे पनि…

त्रिशुलीको बाढीले दुई वटा टिप्पर बगायो

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : २९ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित