इङ्लिस प्रिमियरसिपमा म्यानचेस्टर सिटीको अग्रता « Khabarhub

इङ्लिस प्रिमियरसिपमा म्यानचेस्टर सिटीको अग्रता


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लन्डन – इङ्लिस प्रिमियरसिपमा म्यानचेस्टर सिटीले अग्रता कायम गरेको छ। सिटीले शनिबार भएको खेलमा साउथहाप्टनलाई १-० ले हरायो। सिटीका लागि एर्लिङ हलान्डले पाँचौँ मिनेटमा गोल गरेका थिए।

हलान्डको जारी प्रिमियर सिपको सो गोल नवौँ थियो। ९ खेल खेलेको सिटीको २३ तथा ८ खेल खेलेको लिभरपुलको २१ अङ्क छ। लिभरपुलले आइतबार आर्सनलको सामना गर्नेछ।

एएफसी बोर्नमाउथसँग १-१ गोलको बराबरी गरेको अस्टन भिल्ला तेस्रो स्थानमा छ। ९ खेलमा भिल्लाको १८ अङ्क छ। बर्नमाउथ १२ अङ्क सहित ११ औँ स्थानमा छ।

बर्नमाउथका स्ट्राइकर एभानिल्सनले गोल गरेसँगै खेल पनि सकिएको थियो। ६ सेकेन्ड इन्जुरी टाइम थपिएको खेलको अन्त्यमा बर्नमाउथले फ्रिकिक पाएको थियो। टोलीका गोलरक्षक लगायत सबै खेलाडी आक्रमणमा उत्रिएका थिए। मार्कस टभेनियरको फ्रिकिकमा एभानिल्सनले हेड गोल गरेका हुन्। यस अघि ७६ औँ मिनेटमा रोस र्बाकलीको हेड गोलमा भिल्लाले अग्रता लिएका थियो।

अन्य खेलमा ब्रेन्टफोर्डले इप्सविचलाई ४-३ ले हरायो भने ब्रिङटन र उल्भ्सको खेलमा १-१ गोलको बराबरी भयो । एभरटन र फुलहामको बिचमा पनि १-१ गोलको बराबरी भयो।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : २५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ