रियल म्याड्रिडमाथि बार्सिलोनाको चार गोल : १७ वर्षीय यमालले बनाए रेकर्ड « Khabarhub

रियल म्याड्रिडमाथि बार्सिलोनाको चार गोल : १७ वर्षीय यमालले बनाए रेकर्ड


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लागिको शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ४-० को शानदार जित हात पारेको छ। यो जितसँगै बार्सिलोनाले चिर परिचित प्रतिद्वन्द्वी रियलमाथि ६ अङ्कको अग्रता कायम गरेको छ।

शीर्ष स्थानको बार्सिलोनाको ११ खेलमा ३१ तथा समान खेल खेलेको रियलको २४ अङ्क छ। भिल्लारियलको २१ अङ्क छ।

बार्सिलोनाको जितमा रोबर्ट लेडवास्कीले दुई गोल गरे। रियल आफ्नो अपराजित लिग खेलको यात्रा ४३ औँ खेलसम्म लम्ब्याउने प्रयासमा थियो। यस खेलमा नहारेको भए बार्सिलोनाले सन् २०१७ को अप्रिलदेखि सन् २०१८ को मेसम्म कायम गरेको कीर्तिमानसँग बराबरी गर्ने थियो।

पहिलो हाफ बराबरीमा सकिएको सो खेलमा दोस्रो हाफमा भने बार्सिलोनाले रियललाई तहसनहस पारेको थियो। ५४ औँ मिनेटमा मार्क कासाडोको थ्रो पासमा लेडवास्कीले पहिलो गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै उनले अलेजान्द्रो बाल्डेको क्रसमा हेड मार्फत गोल गरे।

१७ वर्षीय लामिन यमालले ७७ औँ मिनेटमा गोल गरे। उनी एल क्लासिकोमा गोल गर्ने सबै भन्दा कान्छो खेलाडी समेत बने। ब्राजिलियन स्टार राफिन्हाले ८४ औँ मिनेटमा गोल गरे।

शनिबार राति भएको खेलमा भिल्लारियलले रियल भालाडोलिडलाई २-१ ले, लास पल्मासले गिरोनालाई १-० ले तथा रायो भल्काननोले डेपोर्टिभो अल्भासलाई १-० ले हराएका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : ३७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको