ट्रम्पविरुद्ध मिचेल ओबामा आक्रामक : मानसिक स्वास्थ्यमा समस्या आएको आरोप | Khabarhub Khabarhub

ट्रम्पविरुद्ध मिचेल ओबामा आक्रामक : मानसिक स्वास्थ्यमा समस्या आएको आरोप


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसको साथमा वकालत गर्दै पूर्व अमेरिकी प्रथम महिला मिचेल ओबामा आक्रामक रूपमा प्रस्तुत भएकी छिन्।

मिचिगनमा भएको कार्यक्रममा उनले डोनाल्ड ट्रम्पबाट अमेरिकालाई जोगाउन आवश्यक रहेको बताएकी हुन्। मिचिगनमै ट्रम्पले अरब अमेरिकनसँग भेट गर्दै आफूहरूले मात्र परिवर्तन गर्न सक्ने बताए।

निर्वाचन हुन केही दिन मात्र बाँकी रहँदा हरेक सर्वेक्षणले मिचिगनमा तीव्र प्रतिस्पर्धा देखाएको छ। मिचिगनमा १५ इलेक्ट्रोल मत छ।

सन् २०२० मा जो बाइडेनले दुई दशमलव ७८ प्रतिशत बढी तथा एक लाख ५० हजार मत बढी पाएका थिए। सोही राज्य उनको जितमा लागि एउटा मुख्य आधार बनेको थियो। सन् २०१६ मा ट्रम्पले सोही राज्यमा हिलारी क्लिन्टनलाई ०.२३ प्रतिशतले पछि पारेका थिए।

हजारौँ जनाको भिडमा बोल्दै ओबामाले ट्रम्पको अनियमित व्यवहारले मानसिक स्वास्थ्यमा समस्या आएको कुरामा जोड दिइन्। उनले ट्रम्पको जितले गर्भपतनसम्बन्धी अधिकार लगायत यावत विषयमा धेरै प्रभाव पार्ने कुरामा जोड दिइन्। मिचिगनमै ट्रम्पले आप्रवासी, अर्थतन्त्र र ऊर्जा विषयमा जोड दिएका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : ०२ बजे

पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने