एनआरएनए ‘ग्लोबल’ सम्मेलन आज सुरु हुँदै « Khabarhub

एनआरएनए ‘ग्लोबल’ सम्मेलन आज सुरु हुँदै


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘रूपान्तरण र एकता : श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।

साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौं आइसकेको र सोका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको महासचिव गौरीराज जोशीले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ ।

दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहनेछन् ।

आपसमा रहेको मतभिन्नता र मतभेदलाई संवादले नै चिरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै महासचिव जोशीले गैरआवासीय नेपाली दिवसको कार्यक्रममा एकताकै लागि छलफल गर्न तथा आआफ्नो विचार राखी योगदान गर्न सम्पूर्ण गैरआवासीय नेपाली अभियन्तामा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : ५२ बजे

वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका