भक्तपुर गुन्डुका किसान तिहारलाई फूल टिप्न व्यस्त (तस्बिरहरू) « Khabarhub

भक्तपुर गुन्डुका किसान तिहारलाई फूल टिप्न व्यस्त (तस्बिरहरू)


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दूहरूको दोश्रो महान चाड तिहारको आगमनसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ  ।

मखमली फूलका लागि भक्तपुरको ताथली र गुन्डु प्रसिद्ध छन् । अधिकांशका बारीमा मखमली ढकमक्क फुलेका छन् ।

यहाँ कतिपयले सयपत्री फूलको पनि खेती गरेका छन् । मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुला रूपमा पनि बेच्ने गरिन्छ ।

केही वर्षदेखि यस भेगका कृषकको मुख्य आयस्रोत मखमली फूल खेती बनेको छ । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि नेपाल मखमली, गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको दाबी गरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ८ : २६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल