हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री « Khabarhub

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउन लगाउनुपर्छ भन्ने राम्रोसँग जानेको बताएका छन् । 

गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) ले आज आयोजना गरेको गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै अझै पनि धम्क्याएको भरमा खाने दिन सकिएको बताए ।

उनले भने, ‘हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ । हामी चलाउन त चलाउँदैनौँ तर कसरी बिसाउन लगाउनु पर्छ जानेका छाैँ हामीले ।’

प्रधानमन्त्री ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव रहेको बताए ।

प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे ।

सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न उहाँको आग्रह थियो ।

आफू सन् १९९९ तिर मस्को जाँदा डा. उपेन्द्र महतोसँग गैह्रआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कञ्जुस्याइँ नगर्ने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १२ : ३८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका