चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान « Khabarhub

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यसम्बन्धी १६ देशका वैज्ञानिकहरू सहभागी भएर काठमाडौमा आयोजित गोष्ठीको समापनमा मन्त्री पाण्डेले उनलाई अभिनन्द गरेका हुन् ।

उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवद्र्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएकोमा कृतज्ञता व्यक्त गरे ।

मन्त्री पाण्डे नेपाल र चीन बीच यस्ता आदन–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ नेपाल आएको अभिलेखले रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरे ।

उनले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चिनियाँ विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिनु अनुरोध गरे ।

उनले कोरियाली एवम् चिनिया नागरिक लगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउनसमेत अनुरोध गरे ।

कार्यक्रममा बोल्द विङडिङले नेपालीहरू निकै आत्मीय रहेको भन्दौ भएकाले नेपाली विदयार्थीलाई आफूमाताहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गरे ।

उनले उनीहरूलाई आफूसँग जोडिन दिनसमेत आगह गरे । प्राध्यापक विङडयानमातहतमा ११४ जना विद्यार्थीले विद्यावारिधि गरिहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १२ : ४२ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा