प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे « Khabarhub

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालबाट भ्रम छरेको जनाएको छ ।

अनुसन्धानका लागि हिरासत रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमै प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोप लगाइएको भन्दै प्रहरीले आपत्ति जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त शर्माले आइतबार विज्ञप्ति जारी गरेर भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘यस्ता तथ्यहीन, भ्रामक एवम् झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमासमेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्रै सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ’, शर्माले भनेका छन् ।

कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्रै सम्प्रेषण गर्न पनि प्रहरीले भनेको छ ।

‘नेपालको संविधान एवम् प्रचलित ऐन कानुन बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवम् प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध छ’, शर्माले भनेका छन्, ‘त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरा सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरी दिनु हुन सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय, कास्की हार्दिक अनुरोध गर्दछ ।’

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई कास्की जिल्ला अदालतले कात्तिक ८ गते थप सात दिनको म्याद दिएको छ ।

उक्त समयमा रविलाई भेट्न नदिएको भन्दै लामिछानेको बचाउमा लागेका वकिलहरूले सामाजिक सञ्जालबाट लाइभ गर्दै प्रहरीमाथि गम्भीर आरोप लगाएका थिए । उनीहरूले रविमाथि हिरासत र इजलासमा दुर्व्यवहार गरेको बताउँदै फसाउने हरसम्भव कोसिस भएको जिकिर पनि गरेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १२ : ५३ बजे

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति, तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको