माल्दिभ्स रोड रेसको उपाधि नेपालका सन्तोष र सन्तोषीले जिते « Khabarhub

माल्दिभ्स रोड रेसको उपाधि नेपालका सन्तोष र सन्तोषीले जिते


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

 

माले- माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि दुईजना नेपाली खेलाडीले जितेका छन् ।

माल्दिभ्सको हुल्हुमालेमामा भएको १५औँ धिरागु माल्दिभ्स रोड रेसमा नेपालकी ‘गोल्डेन गर्ल’ धाविका सन्तोषी श्रेष्ठ र धावक सन्तोषविक्रम विष्टले दुई–दुई स्वर्ण पदक जितेका छन् ।

माल्दिभ्स एथलेटिक क्लब आइल्याण्ड रनर माल्दिभ्सका तर्फबाट व्यावसायिक खेल खेल्दै आएका सन्तोषी र सन्तोषले शुक्रबार भएको दुई खेलमा हाफ म्याराथन र ५ किलोमिटरको मुख्य विधामा स्वर्ण जितेका हुन् ।

सन्तोषीले २१ किलोमिटर १ घण्टा २६ मिनेट ५७ सेकेन्ड र ५ किलोमिटर १७ मिनेट ४७ सेकेण्डमा पार गरिन् । पुरुषतर्फ सन्तोषले २१ र ५ किलोमिटरको दूरी क्रमशः १ घण्टा १४ मिनेट २६ सेकेण्ड र १५ मिनेट २८ सेकेण्डमा पूरा गरे ।

हाफ म्याराथनमा मुख्य विधामा सन्तोषीले सम्हा अहमद र निजमिना अहमदलाई पछि पार्दै उपाधि जितिन् । सन्तोषले हुसेन फाजिल र युसुफ इब्राहिमलाई पछि पारेका छन् ।

जितसँगै सन्तोषीले माल्दिभियन रुपियाँ २५ हजार र १० हजार गरी तीन लाखभन्दा बढी नेपाली रुपैयाँ पुरस्कार पाएकी छिन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको