प्रचण्डलाई ओलीको जवाफ : माटोमुनिका हतियार खिया लागिसके, अब धम्की नदिनू « Khabarhub

प्रचण्डलाई ओलीको जवाफ : माटोमुनिका हतियार खिया लागिसके, अब धम्की नदिनू


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब कुनै पनि धाकधम्कीले नेपाली समाज नडराउने जवाफ दिएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा अब धम्कीको राजनीतिले काम नगर्ने बताए ।

‘माटामुनि लुकाइएका, खिया लागेका हतियारले अब काम गर्दैनन् । नेपाली समाजलाई झूटो प्रचार गरेर धम्की नदिन माओवादीलाई सुझाव दिन्छु’, उनले भने ।

यसअघि शनिबार पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद्को रोस्ट्रमबाट भद्र तरिकाले सरकारसँग जवाफ माग्ने र त्यसपछि पनि अभद्र भए सडकमै घिसार्ने चेतावनी दिएका थिए ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले सरकार अभद्र भए सडकमै घिसारेर अभद्र तरिकाबाटै जवाफ मागिने दाबी गरेका थिए ।

‘तिमीहरूलाई के लाग्छ? माओवादी मर्‍यो भन्ने लाग्छ? जे गरेपनि हुन्छ भन्ने लाग्यो? जवाफ दिनुपर्दैन भन्ने लाग्या छ?,’ प्रचण्डले भनेका थिए, ‘संसद्को रोस्ट्रममा भद्र तरिकाले मागिन्छ तिमीहरूसँग जवाफ। धेरै अभद्र भयौ भने सडकमै घिसारेर, अभद्र तरिकाले मागिन्छ जवाफ।’

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ४ : १९ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध