प्रचण्डलाई ओलीको जवाफ : माटोमुनिका हतियार खिया लागिसके, अब धम्की नदिनू « Khabarhub

प्रचण्डलाई ओलीको जवाफ : माटोमुनिका हतियार खिया लागिसके, अब धम्की नदिनू


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब कुनै पनि धाकधम्कीले नेपाली समाज नडराउने जवाफ दिएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा अब धम्कीको राजनीतिले काम नगर्ने बताए ।

‘माटामुनि लुकाइएका, खिया लागेका हतियारले अब काम गर्दैनन् । नेपाली समाजलाई झूटो प्रचार गरेर धम्की नदिन माओवादीलाई सुझाव दिन्छु’, उनले भने ।

यसअघि शनिबार पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद्को रोस्ट्रमबाट भद्र तरिकाले सरकारसँग जवाफ माग्ने र त्यसपछि पनि अभद्र भए सडकमै घिसार्ने चेतावनी दिएका थिए ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले सरकार अभद्र भए सडकमै घिसारेर अभद्र तरिकाबाटै जवाफ मागिने दाबी गरेका थिए ।

‘तिमीहरूलाई के लाग्छ? माओवादी मर्‍यो भन्ने लाग्छ? जे गरेपनि हुन्छ भन्ने लाग्यो? जवाफ दिनुपर्दैन भन्ने लाग्या छ?,’ प्रचण्डले भनेका थिए, ‘संसद्को रोस्ट्रममा भद्र तरिकाले मागिन्छ तिमीहरूसँग जवाफ। धेरै अभद्र भयौ भने सडकमै घिसारेर, अभद्र तरिकाले मागिन्छ जवाफ।’

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ४ : १९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको