‘लापत्ता सन्तान’ : वृद्धाश्रम पुगेकी एउटी आमाको कथा (भिडियोसहित) « Khabarhub

‘लापत्ता सन्तान’ : वृद्धाश्रम पुगेकी एउटी आमाको कथा (भिडियोसहित)


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘लापत्ता सन्तान’ मल्टिमिडिया प्लाटफर्म युट्युबमा सार्वजनिक भएको छ ।

आफ्ना सन्तानको भविष्य र खुसीका लागि आमाबुवाले गरेको सङ्घर्षको कथा यसमा देखाइएको छ । अर्कातर बुढेसकालमा तिनै सन्तानका कारण वृद्धाश्रममा पुगेकी आमाको कथाले फिल्मलाई मार्मिक बनाएको छ।

रामजी ज्ञवालीद्वारा निर्देशित सर्ट फिल्म ‘लापत्ता सन्तान’ शुक्रबार युट्युबमा रिलिज भएको हो । २० मिनेटको यो फिल्मको कथाले बोल्ने सन्देश वर्तमान सामाजिक परिवेशसँग मिल्ने खालको छ।

यस फिल्ममा जीवनको उत्तरार्द्धका सहाराका रुपमा बुढेसकालमा जन्माइएको छोरो हुर्किसकेपछि बदलिएको परिस्थितिलाई वर्णन गरिएको छ। आर्थिक रुपमा धनी नहुँदासमेत खेतबारी बेचेर चीन पठाएकै छोराले गरेको अवहेलनाका कारण आमा वृद्धाश्रम पुगेको कथा यसमा छ ।

छोरो डाक्टर बनेर फर्किएपछि गौरव गर्ने उनै आमालाई उसको बिहेपछि धक्का लाग्छ । छोराले काठमाडौंमै घरजम गरेर बंगलासमेत किन्छ । बुवाको निधनपछि उसले आमालाई सहरमा ल्याउँछ ।

सहरमा आएकी आमा र उसकी श्रीमतीबीच कुरा  मिल्दैन। त्यहीकारण आमाका लागि छोराको घर साँघुरो बन्छ। त्यहीकारण आमा वृद्धाश्रममा जान्छिन्। फिल्मको कथाबारे थाहा पाउन एक पटक युट्युबमा जानै पर्ने हुन्छ ।

यस फिल्ममा रश्मी भट्ट, अर्जुन आचार्य, आजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष प्रीतम निरौला, प्राञ्जल पौडेल लगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ५ : ३५ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर