माओवादीसँग पार्टी एकता हुँदैन : अध्यक्ष नेपाल  « Khabarhub

माओवादीसँग पार्टी एकता हुँदैन : अध्यक्ष नेपाल 


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग पार्टी एकता नहुने दाबी गरेका छन् ।

एकीकृत समाजवादीको गण्डकी प्रदेश कमिटीको १० औँ पूर्ण बैठकलाई पोखरामा सम्बोधन गर्दै उनले माओवादीसँग पार्टी एकता नहुने बताएका हुन् । यस्तै उनले एमालेसँग पनि पार्टी एकताको सम्भावना नभएको जिकिर गरे ।

अध्यक्ष नेपालले पार्टीमा देखिएका असन्तुष्टिलाई निराकरण गरिएको भन्दै पार्टी विभाजन हुने या कोही नेता कुनै पार्टीमा प्रवेश गर्ने कुरा पनि हल्ला मात्रै भएको दाबी गरे ।

‘हामी एमाले वा माओवादीसँग एकता गर्ने कुरा बाहिर आइरहेका सुन्छौँ । म प्रस्ट पार्न चाहन्छु, हामी न एमाले न माओवादी कसैसँग पनि एकता गर्दै छैनौँ र त्यस विषयमा कुराकानी पनि भएको छैन ।’ उनले भने, ‘भएको कुरा एजेन्डा मिल्नेहरूसँग सहकार्यको कुरा हो । मोर्चा निर्माण गरेर अगाडि बढ्ने कुरा हो ।’

केही समय अगाडी समाजवादी र माओवादी पार्टी एकताबारे छलफल भइरहेको दुवै पक्षका नेताहरूको भनाइ थियो । तर अहिले यो कुरा सेलाएर गएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ५ : ३७ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको