रास्वपाको निष्कर्ष- प्रचण्ड कुनै पनि दलका लागि विश्वासयोग्य रहेनन् « Khabarhub

रास्वपाको निष्कर्ष- प्रचण्ड कुनै पनि दलका लागि विश्वासयोग्य रहेनन्


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रहरी हिरासतमा रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै पनि पार्टीका लागि विश्वासका पात्र नरहेको निष्कर्ष निकालेको छ ।

सभापति लामिछाने आठ दिनअघि पक्राउ परेपछि सत्ता पक्षीय दल र आफूहरूसँग दोहोरो भूमिका खेलेकाले प्रचण्डको कुरामा फस्न नहुने निष्कर्ष निकालेको नेताहरूले बताएका छन् ।

रास्वपाको शनिबार बसेको बैठकमा पनि माओवादी केन्द्र र प्रचण्डको भूमिकाबारे अनौपचारिक छलफल भएको थियो । त्यस छलफलमा नेताहरूले प्रचण्डसँग कुनै पनि कुरामा विश्वास गरिहाल्न सक्ने अवस्था नरहेको निचोड निकालेका थिए ।

शनिबार माओवादी केन्द्रले सरकारविरुद्ध प्रदर्शन गरेको थियो । त्यहाँ रविको बचाउमा प्रचण्ड बोल्ने नेताहरूले आश गरेका थिए । तर प्रचण्डले रविको बचाउमा कुरा नगरेपछि रास्वपा नेताहरू बिच्किएका छन् ।

शनिबारको बैठकबारे जानकारी दिँदै रास्वपा सचिवालयका एक सदस्यले खबरहबलाई भने, ‘प्रचण्ड न सरकारका लागि विश्वासिला पात्र हुन् । नत्र विपक्षीका लागि नै । उनी सत्ता वरिपरि घुमिरहन्छन्, हामीले विश्वास गर्नु हुँदैन ।’

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : ३६ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन