प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलद्वारा भेटघाट « Khabarhub

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलद्वारा भेटघाट


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ ।

राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित युथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन भारतीय सेनाका विंग कमान्डर पीआर पोंनाप्पाको नेतृत्वमा १८ सदस्यीय भारतीय सेनाको टोली कार्तिक ५ गतेदेखि नेपालमा रहेको छ ।

विसं २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दल, नेपालमा तालिमरत क्याडेट छात्ररछात्राहरुले विसं २०२६ सालबाट विभिन्न देशहरूमा सञ्चालित युथ एक्सचेन्ज प्रोग्राममा सहभागीता जनाउँदै आई रहेका छन् ।

यस कार्यक्रम अन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन् ।

नेपाल भ्रमणमा रहेको भारतीय नेशनल क्याडेट क्रप्सका टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रमहरूमा नेपालको राष्ट्रिय सेवा दलका छात्ररछात्राहरूको समेत सहभागिता रहेको छ । जङ्गी अड्डामा आज आयोजित भेटघाट कार्यक्रममा रथीवृन्द, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत युथ एक्सचेन्ज प्रोग्राममा सहभागी नेपाल तथा भारतका नेशनल क्याडेट क्रप्सका छात्र छात्राहरूको उपस्थिति थियो ।

राष्ट्रिय सेवा दल अन्तर्गत नेपालमा हालसम्म ७४ हजार ४८० जना छात्ररछात्राहरुले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेका छन् भने यस वर्ष ७ हजार ७०४ छात्ररछात्राहरु उक्त तालिम सहभागी भई रहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : १३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन