नेपाली महिला यू–१९ टिमले दिल्लीमा चार अभ्यास खेल खेल्ने « Khabarhub

नेपाली महिला यू–१९ टिमले दिल्लीमा चार अभ्यास खेल खेल्ने


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला यू–१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा चार अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली महिला यू१९ क्रिकेट टिमले भारतको दिल्ली क्रिकेट एसोसियसनको यू–१९ टिमसँग चार अभ्यास खेल खेल्ने भएको हो ।

नेपालले सोमबार, मंगलबार, बुधबार र विहिबार गरी चार अभ्यास खेल दिल्लीस्थित सेन्ट स्टिफेन्स क्रिकेट ग्राउण्डमा खेल्ने भएको क्यानले जानकारी दिएको छ ।त्यसपछि नेपाली टिम दिल्लीबाटै नोभेम्बर ६ देखि हुने प्रतियोगिताका लागि दुबईतर्फ प्रस्थान गर्ने छ ।

क्यानले तीन चरणको क्लोज क्याम्प गरेर एशिया क्वालिफायर खेल्न पुजा महतोको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरको थियो ।

नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव ९विकेटकिपर०, मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।

२०२५ मा हुने महिला यू–१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् । नेपालले पहिलो खेल नोभेम्बर ६ मा थाइल्याण्डविरुद्ध खेल्दै छ भने दोस्रो खेल नोभेम्बर ७ मा कुवेतविरुद्ध, नोभेम्बर ९ मा युएईविरुद्ध, नोभेम्बर १० मा फेरी थाइल्याण्डविरुद्ध, नोभेम्बर १२ मा फेरी कुवेतविरुद्ध र नोभेम्बर १३ मा फेरी युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ८ : ०२ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन