तीन गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सिटी « Khabarhub

तीन गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सिटी


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा ३ गोलको अग्रता जोगाउन नसकेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

तीन गोलले पछाडि परेको फियुनार्डसँग सिटी ३-३ गोलको बराबरीमा रोकिएको हो। एर्लिङ हलान्डको २ तथा इल्के गुर्डोगानको एक गोलमा सिटी ५३ औं मिनेटसम्म तीन गोलले अघि थियो।

हारको नजिक पुगिसकेको डच टोली फियुनार्डलाई कम ब्याक गराउने क्रममा सिटीको रक्षापक्तिको गल्तीको पाइदा उठाउँदै ७५ औँ मिनेटमा हाडजी मोउसाले पहिलो गोल गरे। वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका स्यान्टियागो गिमेनेजले ८२ औँ मिनेटमा छातीले बललाई नियन्त्रणमा लिँदै आकर्षक गोल गरेका थिए। ८९ औँ मिनेटमा डेभिड हान्कोले गोल गर्दै फियुनार्डलाई महत्त्वपूर्ण खेलमा एक अङ्क दिलाए।

गएको ४ साता सिटीका लागि अत्यन्त खराब भएको छ। इएफएल कपबाट बाहिरिएको सिटी यसै बिचमा प्रिमियरसिपका तीन खेलमा पराजित भयो। साथै च्याम्पियन्स लिगका २ खेलमा १ अङ्क मात्र बटुल्न सफल भयो।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ८ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना