कृषि विकास रणनीतिको मध्यावधि समीक्षा « Khabarhub

कृषि विकास रणनीतिको मध्यावधि समीक्षा


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास रणनीतिको मध्यावधि समीक्षामाथि सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा मंगलबार भएको अन्तरक्रियामा कृषि विकास रणनीतिको विगतको ९ वर्षको अनुभव र बाँकी समयमा कसरी कृषि विकास रणनीति अघि बढाउने भन्ने विषयमा सरोकारवाला निकायसँग छलफल भएको थियो ।

खाद्यका लागि कृषि अभियन्ता उद्धव अधिकारीले गएको ९ वर्षमा नेपालको कृषि विकास रणनीति पूर्णतयास् असफल भएको  दाबी गरे । उनले भने, ‘नेपालको सन्दर्भमा अनुपयुक्त ढाँचासहितको कृषि विकासको रणनीति निर्माण र गएको ९ वर्षमा त्यसको कार्यान्वयनमा भए÷गरेको अभ्यासलाई हेर्दा कृषि विकास रणनीति पूर्णतः असफल भइसकेको छ ।’

अधिकारकारीले आधा अवधि बाँकी रहेको रणनीतिलाई मध्यावधि समीक्षाको सन्दर्भ पारेर परिमार्जन गर्दै गर्दा बजार केन्द्रित कृषि विकासको अभ्यासबाट दुर्घटना उन्मुख नेपालको कृषि क्षेत्रलाई प्रकृतिसम्मत किसानी बाटो पहिल्याउने यो सुवर्ण अवसर बनोस् भन्ने चाहेको बताए ।

कार्यक्रममा सन् २०१५ देखि २०३५ को मध्यावधि समीक्षा गर्दै बाँकी समय कृषि विकासको रणनीतिलाई नै परिमार्जन गरी अघि बढ्नुपर्ने सरोकारवाला निकायले जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा कृषिमन्त्री अधिकारीसँगै कृषि सचिव, सहसचिवहरू, कृषि विज्ञ, सरोकारवाला निकायलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १० : ४२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने