लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्छ : डिल्लीराम थारू « Khabarhub

लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्छ : डिल्लीराम थारू


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष डिल्लीराम थारूले लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडाले आयोजना गरेको एक दिने किशोरी सशक्तीकरणसम्बन्धी कार्यक्रममा उनले सुख, शान्ति र समृद्धिका लागि परिवारभित्रै हिंसा अन्त्य हुनुपर्ने कुरा औँल्याए ।

 उनले भने, ‘हिंसा अन्त्य गर्न संस्कार र शिक्षाको आवश्यकता पर्छ ।’

त्यस्तै वडा सदस्य रेनु थारूले स्थानीय तहलाई बालमैत्री बनाइ बालबालिकाको हितमा काम गर्ने बताएकी छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नगरीक सेलका प्रमुख विन्दु विश्वकर्माले हिंसाको बारेमा बालबालिकालाई अभिभावकले नै सचेत गराउनुपर्ने बताएकी छन् ।
उक्त कुरा बताएकी हुन् ।  

उनले भनेकी छन्, ‘बालबालिकाहरूलाई व्यवहारिक सिकाइ सिकाउने अभिभावक हुन् । उनीहरूको दैनिक गतिविधिमा अभिभावकले ध्यान दिनुपर्छ ।’
‘अभिभावकले आफ्ना सन्तान दुर्व्यसनमा फस्न सक्ने स्थितिबाट जोगाउनुपर्छ । बालविवाह गर्दाका बेफाइदाका बारेमा सजग गराउनुपर्छ, विन्दुले थपिन्, ‘साथै, अन्यायमा परेको अवस्थामा कानुनी उपचारमा जान सकिने जस्ता कुराहरू सिकाउनुपर्छ ।’

त्यस्तै कार्यक्रम अधिकृत राधा बोटेले बालबालिका तथा महिला माथि हुने हिंसा अन्त्यको लागि समाजका सबैले तहले हातेमालो गर्नुपर्ने बताएकी छन् । 

उनले भनेकी छन्, ‘कुनै एक संस्था वा व्यक्तिको पहलले मात्रै समाजबाट लैङ्गिक हिंसा अन्त्य गर्न सकिदैन । समाजका हरेक तह र तप्काले यसको अन्त्यको लागि पहल गर्नुपर्छ ।’

कार्यक्रममा किशोरी अभियन्ता तिरिया महतोले आफ्नो अनुभव सुनाउँदै विद्यालय तहदेखि समुदायस्तरमा लैङ्गिक हिंसासम्बन्धी विभिन्न कार्यक्रमभर गर्नुपर्ने कुरामा जोड दिएकी थिइन् । 

‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा सहित ‘म हिंसा गर्दिन, गरेको पनि सहन्न र हिंसा गरेको थाहा पाएमा उजुरी गर्नेछु’  भन्नेमा सबैले प्रतिबद्धताका जनाएका छन् ।  

कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपाल, क्यान्नलान वडा र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १ : ३५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार