२८ अंकले बढ्यो नेप्से, ९ अर्ब बढीको कारोबार | Khabarhub Khabarhub

२८ अंकले बढ्यो नेप्से, ९ अर्ब बढीको कारोबार


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.८१ अंकले बढेको छ । नेप्से १.४२ प्रतिशतले बढ्दा २७५५.४७ विन्दुमा परिसूचक पुगेको हो । 

९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदासम्म १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१८ वटा कम्पनी कारोबारमा आउँदा ८९ हजार पटक शेयर किनबेच भएको छ । 

यस्तै १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मैथली लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । १३ समूह मध्ये फाइनान्स बाहेक सबै समूहमा हरियाली छाएको छ । आज फाइनान्स समूह ०.४७ प्रतिशतले घटेर ३ हजार ६७४.२५ विन्दुमा पुगेको छ । 

सबैभन्दा बढी ट्रेडिङ समूह ९.२७ अंकले बढेर ३ हजार ८७०.८६ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड ०.०९ प्रतिशतले बढेर २१.८८ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह ०.३२ प्रतिशतले, विकास बैंक ३.१८ प्रतिशतले, होटल तथा पर्यटन १.३६ प्रतिशतले, हाइड्रोपावर १.४६ प्रतिशतले, लगानी समूह ०.७१ प्रतिशतले, जीवन बीमा २.८१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.६३ प्रतिशतले, लघुवित्त ०.९० प्रतिशतले, निर्जीवन बीमा १.१८ प्रतिशतले र अन्य समूह ०.५६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ३ : १६ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो