जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा « Khabarhub

जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जिल्लाको तिला गाउँपालिका र हिमा गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क अपाङ्गतासम्बन्धी स्वास्थ्य शिविरबाट छ सय १६ जनाले सेवा लिएका छन् । 

हिमा र तिला गाउँपालिकाको सहकार्य तथा आइएनएफ नेपालअन्तर्गत समावेशी स्वास्थ्य सेवा परियोजनाको आयोजनामा हिमामा मंगलबार सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा कानको सुनाइसम्बन्धी समस्या भएका, अपाङ्गता कार्डका लागि चिकित्सकद्वारा सिफारिस, आँखा, कान, घाँटी र हाडजोर्नीसम्बन्धी समस्या भएका तीन सय छ जनाले सेवा लिएका हिमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर रावतले जानकारी दिए। 

कान, नाक, घाँटी र आँखाका एक सय २७ बिरामीले सेवा लिएका छन् । त्यस्तै हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामी ७९, जनरल फिजिसियन एक सय, अपाङ्गता सिफारिस १० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि सात जना बिरामीलाई पठाइएको उनले बताए।

शिविरबाट पाँचजना बिरामीलाई सहायता सामग्री प्रदान गरिएको रावतले उललेख गरे। उनका अनुसार विशेषगरी अपाङ्गतासम्बन्धी दुई दिन स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो । 

सोमबार तिला गाउँपालिकाको रारालिही स्वास्थ्य चौकीमा भएको शिविरबाट तीन सय १० बिरामी लाभान्वित भएका चौकीका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिए। कान, नाक, घाँटीसम्बन्धी बिरामी ४६, आँखा एक सय पाँच, हाडजोर्नीसम्बन्धी ६४ र चिकित्सक परामर्श ९५ जनाले सेवा लिएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ चिकित्सक तूफानसिंह कठायतको समूहले दुईवटा शिविरमार्फत बिरामीको जाँच गरेको हो । अपांगता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै अपांगता कार्डका लागि चिकित्सकद्वारा सिफारिस सेवासमेत दिइएको आइएनएफ जुम्ला शाखाका परियोजना अधिकृत राम बुढामगरले बताए। 

गाउँघरमा दक्ष चिकित्सकबाट विभिन्न रोगको उपचार पाउँदा स्थानीय उत्साहित भएका हिमा–५ का स्थानीय रतन रोकायाले बताए। 

गाउँबस्तीमा पुगेर आइएनएफ नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि यहाँका स्थानीयलाई सहज भएको हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले उल्लेख गरे। 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ५ : ०४ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक