युद्ध विरामपछि बेरुतका विस्थापित बासिन्दा घर फर्के | Khabarhub Khabarhub

युद्ध विरामपछि बेरुतका विस्थापित बासिन्दा घर फर्के


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरुतको  दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समय पछि भएको युद्ध विराम कार्यन्वयनका लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै विजय उत्सव समेत मनाएका छन् ।

पछिल्लो समयमा इजरायलले दिनहुँ जसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरू एकै चोटी फर्किदा भीडभाड भई ट्राफिक जामसमेत भएको जनाइएको छ । 

विस्थापितहरू आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर आँसु बगाउदै उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउनका लागि पर्खिरहेका थिए ।

स्थानीय इन्जिनियर निजाम हमादेले आफ्नो घरतर्फ फर्किँदै हमलामा मृत्यु भएका हिजबुल्लाह नेता सैयद हसन नसरुल्लाहको उपनगरमा फर्किदा उनीहरूलाई धन्यवाद दिँदै फर्किएको एएफपीले जनाएको छ । दक्षिण बेरुत उपनगरले मंगलबार द्वन्द्वको सबैभन्दा तीव्र रुपको सामना गरेको थियो ।

युद्धविराम लागू भएपछि आफूहरू घर फर्किएको उक्त उपनगर निवासी फातिमाले बताए।  

बुधबार देखि युद्धविराम लागू भएपछि इरान समर्थित समूहले दक्षिण बेरुत र पूर्वी लेबनानको गढहरूमा भ्रमणको आयोजना गरिरहेको थियो ।

गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार हमलाको लगभग एक वर्षपछि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढहरू लक्षित आक्रमण बढाई दक्षिणी सीमा पार सेना तैनाथ गरेको थियो । 

केही बासिन्दाहरू तुरुन्तै युद्ध , जुलुसलगायतमा आफ्ना प्रिय नेताको हत्या भएको स्थान तर्फ लागेको एएपीले जनाएको छ । यसै क्रममा हिजबुल्लाहका समर्थकहरूले नसरुल्लाहहाशेम सफीद्दिनको तस्बिरहरू हस्तान्तरणसमेत गरिरहेको  एएपीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ५ : ०९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग