पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना : तनहुँका शंकरनारायण जेल चलान « Khabarhub

पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना : तनहुँका शंकरनारायण जेल चलान


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिका वडा नं. ४ गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा पक्राउ परेका एकजना जेल चलान भएका छन् ।

प्रहरीले शनिबार पक्राउ गरेर अदालतमा पेश गर्दा धरौटी बुझाउन नसकेपछि तनहुँको व्यास नगरपालिका वडा नं. १० का ५६ वर्षीय शंकर नारायण श्रेष्ठ जेल चलान भएका हुन् ।

उनीसँग जिल्ला अदालत कास्कीले ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो । तर धरौटी बुझाउन नसकेपछि श्रेष्ठ कारागार चलान भएको कास्की प्रहरीका सूचना अधिकारी एवम् डीएसपी वसन्तकुमार शर्माले बताए ।

पोखराको प्राइम सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलेको छ। एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला सहकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरिसकेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार