संघीयताविरोधी शक्तिहरू एक ठाउँमा आउने बेला भइसक्यो : कमल थापा « Khabarhub

संघीयताविरोधी शक्तिहरू एक ठाउँमा आउने बेला भइसक्यो : कमल थापा


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबरजस्ती लादिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन् ।

मुलुकमा देखिएको सम्पुर्ण रोग,भोक, गरिबी,अशिक्षा र पछौटेपनको एक मात्रै कारण सनातन हिन्दु धर्म, राजसंस्था, एकात्मक शासन प्रणाली भएको गलत भाष्य निर्माण गर्दै राजसंस्था र सनातन हिन्दु राष्ट्रको पहिचान मेटिएको पनि थापाले

बिराटनगरमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विदेशीहरुको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देशभित्रका पार्टीलाई प्रयोग गरिएको थापाले आरोप लगाए ।

सबै समस्याको अचुक रामवाण, औषधी गणतन्त्र ,धर्म निरपेक्षता र संघीयता हो भन्दै भ्रम छर्न विदेशीले करोडौँ खर्च गरेकोसमेत उनको टिप्पणी थियो ।

विदेशीको दबाब, प्रभाव र सत्तास्वार्थमा माओवादीसँगै काङ्ग्रेस र एमाले पनि बहकिएको भन्दै थापाले माओवादीमार्फत विदेशीले खेल्दा अरु दल प्रयोग भएको बताए ।

अहिलेको व्यवस्था र शासकबाट मुक्ति पाउन जनता सडकमा आउनुपर्नेमा जोड दिदै थापाले सबै राष्ट्रवादी, हिन्दुवादी र संघीयताविरोधीहरू एक ठाउँमा आउनुपर्ने औँल्याए ।

समान विचार भएकाहरू एक ठाउँमा आउन ढिला गर्न नहुमे भन्दै थापाले एजेन्डा स्थापित गर्न ठूलो छाती र त्यागको भावना आवश्यक पर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ७ : ०८ बजे

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक