इपिएलः लिभरपुलले बनायो फराकिलो अग्रता « Khabarhub

इपिएलः लिभरपुलले बनायो फराकिलो अग्रता


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपमा लिभरपुलले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ। बिहीबार राति भएको खेलमा लिभरपुलले लिसेस्टर सिटीलाई ३–१ ले हराउँदै दोस्रो स्थानमा रहेको चेल्सीलाई ७ अङ्कले पछि छाडेको छ। तालिकामा लिभरपुलको ४२ तथा चेल्सीको ३५ अङ्क छ।

यसअघिका ७ मध्ये ५ खेलमा पराजित भएको लिसेस्टरले छैटौँ मिनेटमा जोर्डन आयुको सानदार गोलमा अग्रता लिएको थियो। एन्डी रोबर्टसन र मोहम्मद सलाहको प्रहार गोल पोस्टमा लागेपछि निराश भएको लिभरपुलका लागि पहिलो हाफमै इन्जुरी समयमा कोडी गाक्पोले गोल गरेका थिए।

दोस्रो हाफको चौथो मिनेटमा एलक्सिस म्याक्स एलिस्टरको पासलाई गोलमा परिणत गर्दै कर्टिन जोन्सले लिभरपुललाई अग्रता दिलाए। ८२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे। सो गोल उनको सिजनको १९ औं गोल हो।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ६ : ४४ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच