फरेस्ट तेस्रो स्थानमा पुग्दा म्यानचेस्टरका दुवै टोलीको लय खराब « Khabarhub

फरेस्ट तेस्रो स्थानमा पुग्दा म्यानचेस्टरका दुवै टोलीको लय खराब


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

लण्डन – इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा नटिङ्घम फरेस्टले टोटनहाम हस्टस्पर्सलाई १-० ले हराएको छ।

जितसहित सो टोली अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। फरेस्टलाई जित दिलाउने क्रममा एन्थोनी एलेन्गाले २८ औं मिनेटमा गोल गरे। उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन्। साथै फरेस्टले सन् १९९५ पछि लगातार पहिलो पटक लगातार चार खेलमा जित हात पारेको हो।

म्यानचेस्टर सिटी भने खराब लयमा नै गुज्रिरहेको छ। बिहीबार नै भएको प्रिमियर सिपको खेलमा एर्लिङ हलन्डको पेनाल्टी प्रहार जोर्डन पिकफोर्डले बचाएपछि सिटी एभरटनसँग घरेलु भूमिमै १-१ को बराबरीमा रोकियो। सिटी सबै प्रतियोगितामा गरेर पछिल्ला १३ खेलमा एक खेलमा मात्र जित हात पार्न सफल भएको छ।

सिटीका लागि १४ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गरेका थिए। यसैगरी, इलिमान नादियले ३६ औँ मिनेटमा एभरटनका लागि गोल गरे।

प्रिमियर सिपै बोर्नमाउथ र क्रिस्टल प्यालेसको खेलमा गोलरहित बराबरी भयो। फुलहामले चेल्सीलाई २-१ ले हरायो भने न्युक्याशल अस्टनभिल्लामाथि ३-० को जित हात पार्न सफल भयो।

सो खेलको ८० सेकेन्डमा एन्थोनी एर्डानको गोलमा न्यु क्याशलले अग्रता लिएको थियो। ३२ औं मिनेटमा जोन डुरानले दोस्रो पहेँलो कार्ड स्वरूप रातो कार्ड पाएपछि अस्टन भिल्लाको संकट थपिएको थियो। अलेक्जेन्डर इसाक र जोलिन्टनले सो खेलमा थप गोल गरे। वेस्ट हामले साउथहाम्टनलाई १-० तथा शीर्ष स्थानको लिभरपुलले लिसेसटरलाई ३-१ ले हराए।

म्यानचेस्टर युनाइटेड भने उल्भ्ससँग २-० ले पराजित भएको छ। सो खेलमा म्यानचेस्टरका कप्तान ब्रुनो फर्नान्डेजले रातो कार्ड समेत पाए। उनी यसरी रातो कार्ड पाएको सिजनको तेस्रो पटक हो। ५८ औँ मिनेटमा म्याथ्युज चुनाको गोलमा अग्रता लिएको उल्भ्सका लागि इन्जुरी समयको नवौँ मिनेटमा ह्वाङ हे चानले गोल गरे।

तालिकामा लिभरपुलको ३२, चेल्सीको ३५ तथा नटिङघम फरेस्टको ३४ अङ्क छ। एक खेल कम खेलेको आर्सनलको ३३ अङ्क छ। पाँचौँ स्थानमा रहेको न्युक्याशल र बोर्नमाउथको २९ अङ्क छ। म्यानचेस्टर सिटी, फुलहाम र अस्टन भिल्लाको २८ अङ्क छ। म्यानचेस्टर युनाइटेड २२ अङ्कसहित १४ औं स्थानमा छ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ८ : २३ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका