माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो « Khabarhub

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित मधेशका जिल्लामा मिठ्ठा (सख्खर) र तिलको कारोबार सुरु भएको छ । आम उपभोक्ता मिठाई बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त छन् ।

पर्वमा ‘लाई’ बनाइने तिल दुई/तीन पटक फलेर (तिललाई पानीमा भिजाएर भुस निकाल्ने) राम्ररी सुकाइनुपर्ने हुँदा यसको काम गृहिणीले केही साता पहिले नै सुरु गर्ने प्रचलन छ । तिल र उखु उत्पादक किसानहरूसमेत अरू काम थाती राखेर आजभोलि तिल चुट्ने, निफन्ने र उखु पेलेर सख्खर बनाउने काममा व्यस्त देखिन्छन् ।

बर्दिबास–२ की फुलमाया मगरलाई पनि अचेल यस्तै चटारो छ । चाँडै बजार पुर्‍याउन नसक्दा उत्पादनको राम्रो मूल्य नपाइने भएकाले आफूहरू अरु काम छोडेर यसैमा लागेका उनले बताइन् । ‘आधा पुस त जानै लाग्यो, अब पुस २० अघि त तिल बेच्न नभ्याएपछि भाउ पाइँदैन’, मगर भन्छिन्, ‘त्यसैले अहिले अरू काम थाती राखेर परिवारै तिल बनाउन लागेका छौँ ।’

यसपालि पाँच कट्ठा जग्गामा बटैया तिलखेती गरेकी मगरको यही बेचेर घरका लागि आवश्यक सामानको जोहो गर्ने योजना छ । राम्ररी निफनिएको तिल प्रतिकिलोग्राम चार सय रुपैयाँमा बिक्री भइरहेको उनले जानकारी दिइन् ।

यसैगरी, उखुखेती किसान पनि अहिले धमाधम उखु पेलेर मिठ्ठा पकाउन व्यस्त छन् । राम्रो मिठ्ठा प्रतिकिलोग्राम रु एक सय २० को हाराहारीमा बिक्री भइरहेको हुँदा उखु पेलेर मिठ्ठा बनाउने काममा जुटेको भङ्गाहा–४ प्रेमनगरका सुफल महतो बताउँछन् । यसपालि १० कठ्ठामा उखुखेती गरेका महतोको पुस तेस्रो साताभित्रै धेरैजसो उखु पेलिसक्ने योजना छ ।

गरिब किसानले यहाँ तिलासक्रायत पर्व आफ्नो उत्पादनले राम्रो भाउ पाउने अवसरका रूपमा लिन्छन् । तिल, सख्खरका अतिरिक्त यस पर्वमा  सख्खरखण्ड (सुठुनी), तरुल, मास, पिँडालुलगायत फसल बढी प्रयोग हुने हुँदा किसानहरू लाभान्वित हुने गरेका छन् ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १ : ५३ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने