नारायणी अस्पतालका बिग्रिएका उपकरण आविष्कार केन्द्रले मर्मत गरिदिने « Khabarhub

नारायणी अस्पतालका बिग्रिएका उपकरण आविष्कार केन्द्रले मर्मत गरिदिने


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौँदेखि प्रयोगमा नआई थन्किएका उपकरण र औजारहरू राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिने भएको छ ।

अस्पतालका उपकरण र औजारहरू मर्मतका लागि अस्पताल प्रशासन र केन्द्रबीच लिखित सम्झौता गरिएको नारायणी अस्पतालको विकास समितिका अध्यक्ष धीरज गुप्ता रौनियारले जानकारी दिए । उक्त सम्झौता पत्रमा अस्पताल प्रशासनका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र केन्द्रका तर्फबाट बायोमेडिकल इन्जिनियर उमेश किरान्तले हस्ताक्षर गरेका छन् ।

नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहका अनुसार नारायणी अस्पतालमा भेन्टिलेटर, मनिटर, फोटोथेरापी मेसिन, एक्सरे मेसिन, ईसीजी मेसिन, डायलसिस मेसिन, पल्स अक्सिमिटर, सक्सन मेसिन, बेबी वार्मर, अडियोग्राम, एन्स्थेसिया मेसिन, ल्याबकुली मेसिनलगायतका करिब ४ करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण र औजारहरू बिग्रिएर वर्षौँदेखि थन्किएका छन् ।

ती उपकरण र औजारहरू महावीर पुन अध्यक्ष रहेका राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिने भएको उनले बताए ।  त्यसबापत केन्द्रलाई अस्पताल प्रशासनले सुरुको एक हप्ताका लागि १ लाख ५० हजार रुपैयाँ शुल्क तिर्ने र एक हप्तामा काम नसकिएमा त्यसपछिको प्रतिदिन १५ हजार रुपैयाँ दरले अस्पतालले केन्द्रलाई दिने सम्झौता पत्रमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् : 

नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ उपयोगविहीन

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १ : ५७ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको