सम्पदाको बजारीकरण गरेर रोजगारी सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

सम्पदाको बजारीकरण गरेर रोजगारी सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्पदाहरुको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन् । शुक्रबार मध्यपुर महोत्सव २०८१ को उद्घाटन गर्दै उनले यस्ता महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन र अवसर सिर्जनामा टेवा पुर्‍याउने बताए ।

‘हाम्रा पुर्खाले हामीलाई सिकाएर गएका सिपहरू, जुन संस्कृति र संस्कार छ । यी सबैलाई जीवन्त राख्नका लागि यो महोत्सवले टेवा पुर्‍याउँछ भन्ने मलाई विश्वास छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘आफू जन्मेको ठाउँमा बसेर  के नै गर्न सकिन्छ र ? भन्ने नकारात्मक खालको भाष्य बनाउन खोजिएको छ ।  काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ । यसको साथै देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउनको लागि महोत्सवले धेरै ठूलो प्रत्यक्ष रूपमा प्रभाव पार्छ ।’

मध्यपुर महोत्सवले कला संस्कृतिले सम्पन्न मध्यपुर ठिमीभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरूलाई विश्वसामु ल्याउन मद्दत गर्ने भन्दै उनले महोत्सव सफलताको शुभकामना दिए । सिंहले भने, ‘मध्यपुर ठिमीभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरूलाई विश्वसामु चिनाउन, देखाउन, सम्झाउन र बुझाउनको लागि महोत्सव आयोजन भएको छ । महोत्सवको लागि जति मेहनत गर्नु भएको छ र जुन लक्ष्य राख्नु भएको छ त्यो पूरा हुन्छ भन्ने पूरा विश्वास छ ।’

महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  २ : ५३ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी