माओवादीको आरोप- निजामती सेवा विधेयक अघि बढाउन सरकारले ढिला गर्‍यो « Khabarhub

माओवादीको आरोप- निजामती सेवा विधेयक अघि बढाउन सरकारले ढिला गर्‍यो


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले  सङ्‍घीय निजामती सेवासम्बन्धी विधेयकलाई अघि बढाउन सरकारले नै ढिला गर्न खोजेको आरोप लगाएको छ ।

सिंहदरबारमा शुक्रबार बसेका प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्तासँगको छलफलका क्रममा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विधेयकको छलफलका क्रममा सामान्य प्रशासनमन्त्री उपस्थित नहुनुले सरकारले नै उक्त विधेयकलाई ढिला गर्न खोजेको महसुस भएको बताएका हुन् ।

उनले सङ्‍घीय निजामती सेवासम्बन्धी विधेयक अघि नबढ्दा प्रदेश र स्थानीय सरकारले सहज ढंगले काम गर्न नसकेकाले गम्भीर हुन आग्रह गरे । विधेयकलाई छिटो अघि बढाउनका लागि पटक पटक समितिलाई आग्रह गर्दा कुनै समितिले पनि कुनै ध्यान नै नदिएको उनले बताए  ।

समितिले शुक्रबार नै संशोधनकर्तासँगको छलफल सम्पन्न गरेको छ । अव बस्ने बैठकमा सरोकारवालासँग छलफल गरेर दफावार छलफल गरिने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : ४५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल