बागमती बगरमा तरुल उत्पादन गर्दै किसान | Khabarhub Khabarhub

बागमती बगरमा तरुल उत्पादन गर्दै किसान


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

बरहथवा– यहाँको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरूल खन्न भ्याइनभ्याइ छ । उनले बागमती बगरमा पाँच कट्ठा खेतमा तरूल लगाएका छन् ।

चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाइने भएकाले पुसको तेस्रो सातासम्म तरूल बेचिसक्ने उनको योजना छ । ‘तरूलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ’, उनले भने, ‘’त्यसकारण पुस २५/२६ सम्म बेचिसक्ने योजना छ ।’ तरूल स्वास्थ्यका दृष्टिले चिसो मौसममा उपयोगी मानिने भएकाले यस बेला मूल्य बढ्ने गरेको छ ।

दलबहादुरझैँ यहाँका किसानहरूलाई माघेसङ्क्रान्ति नजिकिएसँगै तरूल खन्न भ्याइनभ्याइ छ । बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरूल खेती गर्ने गरेका छन् । बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरूल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ । ‘बगरको खेती सुन जस्तै बनेको छ’, उनले भने, ‘तरूल उत्पादनबाट मनग्य आम्दानी हुन्छ ।’

तरूलखेती गर्नु भएका बागमती नगरपालिका–४ जिराएतका किसान विमल खड्काले तरूलको उत्पादन राम्रो हुँदा अन्य बालीभन्दा धेरै आम्दानी हुने गरेको बताए । खड्काले पनि एक बिघामा तरूल लगाएका छन् ।

यहाँका किसानले आकाशे र पत्ताले गरी दुई जातको तरूल उत्पादन गर्ने गरेका छन् । आकाशे अर्थात् सेतो तरूल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती–४, जिरायतका तरूल व्यापारी राम दरेस महतोले बताए । अर्को पत्ताले अर्थात् रातो जातको तरूल भने, उत्पादन कम हुने, खान स्वादिलो हुने भएकाले मूल्यसमेत महँगो उनको भनाइ छ ।

यहाँका किसानले प्रतिबिघा ८० देखि एक सय २० क्विन्टलसम्म तरूल फलाउने गरेका छन् । यस वर्ष छठको समयमा तरूल प्रतिकिलो एक सय २० रूपैयाँसम्ममा बिक्री भएको थियो । हाल बजार मूल्य प्रति किलो ५५ देखि ६० रुपैयाँ रहेको तरूल व्यापारी डम्बरबहादुर खड्काले बताए । यस वर्ष व्यापारी खड्का २० बिघाको तरूल बजार लैजाने तयारीमा छन् ।

उनले आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरूल लगाएका छन्  । जग्गा भाडामा लिँदा वर्षको प्रतिबिघा ५० देखि ६० हजार रूपैयाँसम्म तिर्नुपर्ने उनले बताए । तरूलखेती गर्दा प्रतिकट्ठा बीउ, मल खाद, कामदार गरी आठ हजार रुपैयाँ सम्म खर्च हुने उनको भनाइ छ । तरूलखेतीबाट किसानले प्रतिकट्ठा ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि तीन सय बिघा क्षेत्रफलमा तरूलखेती हुँदै आएको छ । सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरूल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिक बताउँछन् । त्यसकारण बागमती नदी उकास जग्गा तरूल उत्पादनका लागि निकै उपयोगी बनेको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ६ : ५६ बजे

‘जनै हराएको मान्छे’ को ट्रेलर सार्वजनिक

काठमाडौं – नेपाली चलचित्र ‘जनै हराएको मान्छे’ को अफिसियल ट्रेलर

आदिलले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनमा चर्चित

पौडी खेल्ने क्रममा मादी नदीले बगाएर एक जना बेपत्ता

तनहुँ – तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज

पोखरामा ‘यल्लो मेटल’ अप्रेसन : ११ करोडको सुनसहित कालिगढ पक्राउ

पोखरा– पोखरामा सुनको अवैध कारोबार फस्टाइरहेको पृष्ठभूमिमा प्रहरीले ‘अप्रेसन यल्लो

आजका समाचार : मनाइयो रक्षाबन्धन-जनैपूर्णिमा, एनपीएल अक्सन सुरु र आर्मेनिया-अजरबैजान युद्ध अन्त्य

एलएलडिसी सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फिर्ताप्रधानमन्त्री केपी शर्मा