खेल र खेलाडीको विकासमा प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री सिंह « Khabarhub

खेल र खेलाडीको विकासमा प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री सिंह


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुर बोल्टस्का विजयी खेलाडीलाई बधाई दिँदै खेल र खेलाडीहरूको विकास तथा प्रगतिका लागि सरकार सहयोग रहने बताएका छन् ।

प्रथम नेपाल प्रिमियम लिग (एनपीएल) मा विजयी जनकपुर बोल्ट्सका खेलाडीको सम्मानमा आज जनकपुरधाममा निकालिएको शोभा यात्राका क्रममा मुख्यमन्त्री सिंहले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

क्रिकेट खेलप्रति आकर्षण बढाउन तथा खेलको दिगो विकासका लागि वातावरण तयार गर्न ट्रफीसहितको खेलाडीलाई सवारी साधनमा पुष्पमाला, अबिर तथा रातो टीका लगाएर सम्मानका साथ जनकपुरधामको नगर परिक्रमा गराइएको छ ।

जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट सुरु भएको शोभा यात्रा जिरो माइल, चानु चोक, पिडारी चोक, रामानन्द चोक हुँदै जानकी मंन्दिरमा पुजाआजा गरी समापन भएको थियो ।

जिल्ला क्रिकेट सङ्घ धनुषाद्वारा आयोजित सो शोभायात्रामा विभिन्न क्षेत्रका सामाजिक, व्यापारिक, धार्मिक तथा खेलसँग सम्बन्धित खेलाडी र आमजनताको सहभागिता थियो ।

एनपिएलको फाइनलमा सुदूरपश्चिमलाई जनकपुर बोल्ट्सले पाँच विकेटले पराजित गरेको थियो । जनकपुर बोल्ट्सका खेलाडीसहितको ट्रफीलाई मधेस प्रदेशको विभिन्न जिल्लामा शोभायात्रा गराइनेछ ।

पुस १३ गते शनिबार जलेश्वर, सर्लाही तथा रौतटह जिल्लामा घुमाइने भएको छ । यसैगरी पुस १४ गते आइतबार बारा तथा पर्सा जिल्ला र १५ गते सोमबार सिराहा तथा सप्तरी जिल्लामा ट्रफीसहित घुमाइने भएको जनकपुर बोल्ट्स टिमले जानकारी दिएको छ ।

जनकपुर बोल्ट्सले प्रथम एनपिएल ट्रफी हात परेपछि मधेस प्रदेशका जिल्लाहरूमा खुसीको विशेष लहर देखिएकाले ट्रफीसहित खेलाडीलाई सम्मान गरिएको जिल्ला क्रिकेट सङ्घ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले बताए ।

यो पनि पढ्नुहोस् : 

जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयोत्सव (तस्बिरहरू)

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ७ : ०७ बजे

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष

इजिप्टमा मात्सादासका छ पत्रकार पक्राउ

न्युयोर्क- इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा