मधेसमा क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा सुरू « Khabarhub

मधेसमा क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा सुरू


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेस प्रदेशका सबै क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा सुरू भएको छ ।

आज जनकपुरधाममा राष्ट्रिय बीमा कम्पनीले आयोजना गरेको कार्यक्रममा पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गर्नेसम्बन्धी सम्झौतामा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी तथा राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले हस्ताक्षर गरे ।

प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयमातहतको आमसञ्चार प्राधिकरणले मधेसमा रहेका सबै क्रियाशील पत्रकारहरूको रू एक लाखको स्वास्थ्य बीमा तथा रू सात लाखको दुर्घटना बीमा गर्ने कार्य सुरू गरेको हो ।

कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले मधेस प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख गर्दै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा निःशुल्क रूपमा गरेर प्रमाणित गरेको बताए । उनले पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रूपमा जानकार भएको बताए ।

पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रूपमा प्रदान गर्ने जानकारी दिँदै निकट भविष्यमा नै मधेस प्रदेशका सबै सहिद परिवारलाई रू एक लाखको स्वास्थ्य बीमा निःशुल्क रूपमा गर्ने तयारी प्रदेश सरकारले गरेको उनले जानकारी दिए ।

जनता समाजवादी पार्टीका मधेस प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले लोकतन्त्र तथा गणतन्त्रको पहरेदारका रूपमा रहेको पत्रकारिता क्षेत्रको विकास तथा पत्रकार सुरक्षाका लागि प्रदेश सरकारले चालेको कदमको सराहना गरे ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेस प्रदेशमा तीन वर्षदेखि निरन्तर रूपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सबै पत्रकारहरूको रू एक लाखको स्वास्थ्य तथा रू सात लाखको दुर्घटना बीमा गर्ने बताए । उनले यसअघि महिलाहरूको स्वास्थ्य बीमा गर्दै आएको भए पनि यसपटक सात सय ३५ पत्रकारहरूको महासङ्घ तथा मिडियाको सिफारिसमा बीमा गर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन साहले पत्रकारहरूको स्वास्थ्य तथा सुरक्षाका लागि प्रदेश सरकारले सुरू गरेको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने नीति स्वागतयोग्य भएको बताउँदै यसको निरन्तरतामा ध्यान दिनका लागि आग्रह गरे ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ८ : २४ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६