सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने « Khabarhub

सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीव्र गतिमा आर्थिक विकाससँगै भारतमा डेटा सेन्टरको क्षेत्रमा पनि लगानी बढिरहेको छ । हाल विश्व बजारमा डेटा सेन्टरको क्षेत्रमा पनि भारतले विकास गरिरहेको छ ।

सन् २०२७ सम्म भारतमा डेटा सेन्टरको क्षेत्रमा हुने लगानी १ खर्ब डलरभन्दा धेरै हुने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

अमेरिकामा आधारित वित्तीय सेवा प्रदायक संस्था कोल्डवेल बैंकर रिचर्ड एलिस ९सीबीआरई० ले जारी गरेको प्रतिवेदनमा सन् २०२७ सम्म भारतमा डेटा सेन्टरको क्षेत्रमा हुने लगानी १ खर्ब डलरभन्दा धेरै पुग्ने प्रक्षेपण गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अहिले महाराष्ट्र र तामिल नाडुजस्ता राज्यमा डेटा सेन्टरको व्यवसाय बढ्दै गएको छ । रणनीतिक पूर्वाधारका कारण मुम्बई, चेन्नइ, बेङ्गलुरु, दिल्लीजस्ता शहरमा डेटा सेन्टरको व्यवसाय फस्टाउँदै गएको जनाइएको छ ।

सन् २०१९ देखि सन् २०२४ सम्म भारतमा वैदेशिक र घरेलु लगानीकर्ताले ६० अर्ब डलर लगानी गरिसकेका छन् ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : २१ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा