भारतमा स्मार्टफोन बनाउन भिभो र डिक्सनबीच सहकार्य « Khabarhub

भारतमा स्मार्टफोन बनाउन भिभो र डिक्सनबीच सहकार्य


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा स्मार्टफोन निर्माण गर्नका लागि चिनियाँ प्राविधिक उपकरण कम्पनी भिभो र भारतीय कम्पनी डिक्सन टेक्नोलोजीले सहकार्य गर्ने भएका छन् । भारतमा स्मार्टफोन उत्पादन गर्नका लागि दुई कम्पनीले संयुक्त रुपमा व्यवसाय थाल्न आँटेका हुन् ।

संयुक्त व्यवसायमा डिक्सन टेक्नोलोजीको बहुमत स्वामित्व रहने जनाइएको छ । भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार नयाँ व्यवसायमा डिक्सनको स्वामित्व ५१ प्रतिशत रहनेछ भने भिभोको स्वामित्व ४९ प्रतिशत रहनेछ ।

हाल भारत सरकारले भारतमा उपकरण उत्पादन गर्न चाहने चिनियाँ कम्पनीलाई भारतीय कम्पनीसँग सहकार्य गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । सोही नीतिअनुसार दुई कम्पनीबीच सहकार्य भएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

डिक्सनले सामसुङ, सिओमी, मोटोरोला, ओप्पो, गुगल, नथिङजस्ता कम्पनीका लागि पनि स्मार्टफोन उत्पादन गर्दै आएको छ । भिभोले भारतीय बजारमा विगत १० वर्षदेखि सेवा दिँदै आएको छ । यस कम्पनीले हालै ग्रेटर नोयडा क्षेत्रमा ३ हजार करोड भारतीय रुपैयाँ लगानीमा १ सय ७० एकड क्षेत्रफलमा कारखाना स्थापना गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ६ : २४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल