भारतसँग सम्बन्ध सुधार गर्न तयार छौं : चीन « Khabarhub

भारतसँग सम्बन्ध सुधार गर्न तयार छौं : चीन


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतसँग मिलेर अघि बढ्न तयार रहेको चीनले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले दुई मुलुकबीचको सम्बन्धमा सुधार ल्याउन दुई मुलुकका नेताबीच समान धारणा निर्माणका लागि भारतसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।

चीनले दुबै मुलुकले एक अर्काको हितको सम्मान गर्नुपर्ने उल्लेख गरेको छ । दुई मुलुकबीच सम्बन्ध सुधार गर्नका लागि वार्ता र कूटनीतिका माध्यमबाट आपसी विश्वास सुदृढ गर्नुपर्ने उल्लेख गरेको छ ।

केही महिनाअघि रुसको कजानमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन्पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएसँगै दुई मुलुकबीचको सम्बन्धमा केही सुधार आएको विश्लेषण गरिएको छ ।

सन् २०२० मा सीमा क्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मीबीच झडप भएपछि सम्बन्ध खराब भएको थियो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : ३२ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट