पाकिस्तानमा खाना पकाउने ग्यासको भाउ बढ्ने « Khabarhub

पाकिस्तानमा खाना पकाउने ग्यासको भाउ बढ्ने


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा खाना पकाउने ग्यासको मूल्य ह्वात्तै बढ्ने देखिएको छ । पाकिस्तानको तेल तथा ग्यास नियामक प्राधिकरणले ग्यासको मूल्य बढाउने तयारी गरेको हो ।

एआरवाई न्युजका अनुसार प्राधिकरणले मूल्य बढाउने निर्णय संघीय सरकारसमक्ष पठाइसकेको छ । अब सरकारले स्वीकृत गर्नेबित्तिकै मूल्य बढ्ने छ ।

प्राधिकरणले औसतमा सिन्ध र बलोचिस्तान प्रान्तमा २५.७८ प्रतिशत र इस्लामावाद, पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तमा औसतमा ८.७१ प्रतिशतले मूल्य बढाउने तयारी गरेको छ । पाकिस्तानमा सञ्चालित ग्यास वितरण गर्ने कम्पनीहरुले बढिमा २ सय प्रतिशतभन्दा धेरै मूल्य बढाउने प्रस्ताव गरेका थिए । यद्यपि प्राधिकरणले भने त्यसो गर्न नमानेको समाचारमा जनाइएको छ ।

उच्च मुद्रास्फीतिसँगै ग्यासको भाउ बढाउन ग्यास कम्पनीमाथि तीव्र वित्तीय दबाब छ । पाकिस्तानमा हाल खाना पकाउने ग्यासको आपूर्ति अपर्याप्त रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : ३२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी