व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गोलभेडा खेती « Khabarhub

व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गोलभेडा खेती


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ लगाउदा वर्ष भरी खानै पुग्दैनथ्यो ।

त्यही जग्गामा उनले दुई वर्षदेखि निरन्तररुपमा व्यवसायीकरुपमा तरकारी खेती गर्न थालेपछि मनग्य आम्दानी हात पार्न थालेका छन् । तरकारी बेचेको पैसाले साउदले वर्षभरी खान पुग्ने गरी धान र गहुँ खरिद गर्दै आएका छन् ।

स्वामित्वको आठ कठ्ठा जग्गामा पाँच वटा प्लाष्टिकका टनेल निर्माण गरी उनले तरकारी खेती गर्दै आएका छन् । प्लाष्टिक टनेलमा उनले बढी फल्ने जातका गोलभेडा लगाएका छन् । टनेल बाहिरको बारीमा बन्दागोभी, काउली, मुला, धनियाँ, खुर्सानी, भण्टा, प्याज, तिते करेला लगाएका छन् ।

नगरपालिका कार्यालयबाट व्यवसायीक तरकारी खेती गर्नका लागि साउदले तीन लाख अनुदान रकम पाएका छन् । तीन लाख अनुदान वापत पाएको रकम र त्यसमा तीन लाख आफ्नोतर्फबाट थप गरी उनले तरकारी खेतीलाई अगाडी बढाउदै आएका छन् ।

तरकारी खेतीका लागि लगानी गरिएको रकमबाट बीउजिन खरिद, प्लाष्टिक टनेल निर्माण, गोडमेल र जोताईका लागि मिनी टिलर खरिद गर्नुका साथै सिँचाइका लागि बोरिङ जडानकार्य गरेका छन् । व्यवसायीक खेती गर्ने किसानका लागि वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर साउदले तरकारी उत्पादन गर्ने तौर तरिका सिकेका छन ।

गत वर्ष तरकारी खेती गर्नका लागि नौलो अनुभव हुँदा खर्च कटाएर दुई लाख जतिको कमाई गरेका उनले यस वर्ष लौका र काँक्रो बिक्री गरेर ४० हजार जतिको आम्दानी गरेका छन् ।

उनका अनुसार जति मिहिनेत गरेपनि धान, गहुँलगायतको अन्न चाहे जस्तो उत्पादन नहुँदा वर्ष भरी खान पुग्दैनथ्यो । बाह्य क्षेत्रबाट खरिद गर्नु पर्ने बाध्यता थियो ।

तरकारी उत्पादनकार्य हुन थालेपछि घर खर्चसँगै वर्ष भरी खान पुग्ने अन्नको जोहो तरकारी बिक्री गरी आएको रकमबाट धानिँदै आएको छ ।

बारीमा उत्पादित तरकारी बेच्नका लागि झन्झट नभएको उनको भनाइ छ । उनले स्थानीय तरकारी व्यापारीले आएर बारीबाटै तरकारी खरिद गरेर लैजाने गरेको बताए ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ८ : ०३ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको