केही भूभागमा वर्षा र हिमपातको सम्भावना « Khabarhub

केही भूभागमा वर्षा र हिमपातको सम्भावना


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। काठमाडौं उपत्यकाको आकाशमा आंशिक बादल लागेको छ ।

आज दिउँसो  देशभर साधारणतया बदली रहनेछ।  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थान लगायत कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा  हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै  कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा  हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ६ : ५८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार