ज्योति विकास बैंकका ग्राहकलाई ई-रिभल्भिङमा छुट | Khabarhub Khabarhub

ज्योति विकास बैंकका ग्राहकलाई ई-रिभल्भिङमा छुट


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंस्थित ई-रिभल्भिङ इन्डियन कजिन रेस्टूराँमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्‌ । बैंक र रेस्टूराँबीच छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

बैंकका ग्राहकहरूले उक्त रेस्टूराँमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण काठमाडौँको न्युरोडमा रहेको यो रेस्टूराँले ग्राहकहरूको मन जितिरहेको बैंकको दाबी छ ।

हालै बैंकले काठमाडौँस्थित अचार घर, नेपाल हाउस रेस्टूराँ एण्ड बार र महोत्सव रेस्टूराँ एण्ड बारमा आफ्ना ग्राहकलाई १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरिसकेको छ । साथै, बैंकले काठमाडौँस्थित प्रख्यात शोयाछा ट्रेडर्समा १८ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै र देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई छुट र सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत् बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ५ : ११ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता