अनावश्यक आवतजावत नगर्न नेपाल टेलिकमको आग्रह « Khabarhub

अनावश्यक आवतजावत नगर्न नेपाल टेलिकमको आग्रह


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक स्वामित्वको दूरसञ्‍चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले अविरल वर्षा भइरहँदा अनावश्यक आवतजावत नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

बाढीपहिरोले देशभर धनजनमा क्षति गरेपछि टेलिकमले शनिबार मध्याह्न एक सन्देश प्रवाह गर्दै अनावश्यक आवतजावत नगर्न र गर्नैपर्ने भए उच्च सर्तकता अपनाउन अनुरोध गरेको हो ।

‘काठमाडौं उपत्यककासहित देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण डुबान, बाढी, पहिरो र सडक दुर्घटनाजस्ता घटना घटिरहेका छन्,’ सन्देशमा लेखिएको छ, ‘यस्तो अवस्थामा अनावश्यक आवतजावत नगर्नुहुन र गर्नै पर्ने भए उच्च सर्तकतासहित आवातजावत गर्नु हुन अनुरोध छ ।’

टेलिकमले जीउज्यानको क्षति हुन नदिन सबैजना सुरक्षित स्थानमा रहन र मानवीय स्वयंसेवकहरूलाई उद्दारका लागि परिचालित हुन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : ३२ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल