अन्तर्राष्ट्रिय

अमेरिकामा हेलेन आँधीबाट ४३ जनाको मृत्यु

By खबरहब

September 28, 2024

काठमाडौं – अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा हेलेन नामक आँधीका कारण ४३ जनाको मृत्यु भएको छ । झण्डै एक लाख मानिसहरू बिजुलीबाट वञ्चित भएका छन् ।

बिहीबार राति समुद्री तटसँग टकराउँदा फ्लोरिडा तटमा आएको यो आँधी अहिलेसम्मकै शक्तिशाली भएको बताइएको छ । बाढीमा फसेका नागरिकको उद्धारका लागि डुंगा, हेलिकप्टर र ठूला गाडीहरूको प्रयोग भइरहेको अधिकारीहरूले जनाएका छन् ।

उत्तरमा जर्जिया र क्यारोलिनातर्फ आँधी बढेको बीबीसीले जनाएको छ । इन्स्योरेन्स कम्पनी र वित्तीय संस्थानहरूले आँधीका कारण अर्बौं डलर नोक्सान भएको बताएका छन् ।