वडा कार्यालयमा स्तनपान कक्ष स्थापना « Khabarhub

वडा कार्यालयमा स्तनपान कक्ष स्थापना


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको छ ।

वडाले निर्माण गरेको नयाँ भवनमा स्तनपान कक्ष स्थापना गरिएको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए। जिल्लाका एक सय वडामध्ये तुलसीपुर– १३ ले पहिलोपटक उक्त स्तनपान कक्ष स्थापना गरेको अध्यक्ष पौडेलको भनाइ छ ।

‘कर्मचारी र सेवाग्राहीका बच्चाबच्चीलाई स्तनपान गराउन निकै समस्या हुने गरेको छ, त्यसैले सेवाग्राहीमैत्री कार्यालयले यसरी स्तनपान कक्ष स्थापना गर्नुपर्छ’, उनले भने, ‘त्यसैले हामीले वडामा पनि यो कक्ष स्थापना गरेका हौँ ।’

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी, वा निजी सङ्घसंस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि पनि स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ ।  

४३ लाखको लागतमा उक्त भवन निर्माण भएको हो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : ३८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर