तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव | Khabarhub Khabarhub

तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनकुटा– पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ ।

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो ।

आयोजनाको मुलघाट–पाँचथर खण्डको एक सय १२ किमी सडक कालोपत्रका लागि नेपाल सरकारको चार अर्ब १६ करोड लागतमा मिति २०७९ कात्तिकबाट तीन वर्षमा काम पूरा गर्न ठेक्का लागेको थियो ।

कालोपत्र सडकका लागि स्तरोन्नति गर्न गत वर्ष ४८ करोडको काम भएको करिडोरमा चालु आर्थिक वर्ष २०८०–८१ मा  ५८ करोड विनियोजन भएको थियो ।

तर उक्त रकम पुस मसान्तको छ महिनाभित्रमा ४० करोड सकिसकेको तमोर करिडोर आयोजना प्रमुख प्रदीप निरौलाले जानकारी दिनुभयो । ‘अब  आयोजनालाई विनियोजित रकम १८ करोड बाँकी छ, तर निर्माण व्यवसायीलाई काम गरेको तिर्नुपर्ने रकम २५ करोड छ’, उनले भने ।

आयोजना निरन्तरताका लागि चालु आवको असार मसान्तसम्मका लागि सरकारलाई थप रु एक अर्ब २० करोड माग गरेको उनले जानकारी दिए । सरकारले तत्काल रकम निकासा गरेर सहयोग नगरे आयोजना प्रभावित हुने निरौलाले जानकारी दिए ।

करिडोरको शनिबार जिल्ला समन्वय समिति धनकुटा, जिल्ला प्रशासन कार्यालय तथा धनकुटाका सुरक्षा निकाय र नेपाल पत्रकार महासङ्घ धनकुटाको टोलीले धनकुटामा पर्ने करिडोरको २८ किमी सडकखण्डको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर जयराम अधिकारीले जानकारी दिए ।

आयोजनाका लागि देखिएको आर्थिक समस्या समाधान गर्न धनकुटाबाट निर्वाचित सांसदमार्फत सहयोगका लागि सरकारलाई अनुरोध गर्ने जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जानकारी दिए ।

आर्थिक अभाव तथा आयोजनाका समस्याका बारेमा जिल्लामा थप छलफल गरेर सरकार र मन्त्रालयलाई जानकारी गराउने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीन स्वशासित क्षेत्र तिब्बतलाई किमाथाङ्कासँग जोड्न २०६५ सालमा आयोजना सुरु गरिएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ७ : ५२ बजे

कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो

काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल

बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा

बैतडी – त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको २२औँ संस्करणको सेमिफाइनलमा

मधेसमा कांग्रेसको समर्थनमा फेरि मुख्यमन्त्री दाबी गर्दै सोनल

काठमाडौँ- मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश