अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा मुटु परीक्षण « Khabarhub

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा मुटु परीक्षण


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा नवीकरणीय ऊर्जा परिसङ्घ नेपालले मुटु जाँचसम्बन्धी बृहत् शिविर तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

‘आरई सेक्टर हेल्थ चेकअप एन्ड अर्वानेस प्रोग्राम’अन्तर्गत परिसङ्घले नेशनल कार्डियाक सेन्टरसँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल र उनको टिमबाट झण्डै सय जनाको मुटु जाँच गरिएको थियो ।

डा. अनिलले मुटुरोगको जोखिम, यसको न्यूनीकरणका निम्ति अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीहरूलाई उच्च रक्तचापलाई हेल्चेक्राई गर्ने, नियमित औषधि सेवनलाई अनावश्यक बोझका रूपमा लिने र स्वास्थ्यकर्मीसँग परामर्श लिनुको साटो वैकल्पिक उपाय अपनाउने प्रवृत्ति त्याग्न आग्रह गरे ।

अव्यवस्थित जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक गतिविधिमा निस्क्रियता, प्रदूषित वातावरण, तनाव, स्वास्थ्य चेतनामा कम चासोलगायतका कारणले नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको जानकारी दिँदै त्यसतर्फ सचेतना अपनाउन सुझाव दिए ।

उनले पछिल्लो समय युवाहरूमा मुटुरोगको जोखिम बढ्दै गएकाले समयमै नियमित स्वास्थ्य जाँच र जीवनशैलीमा सुधार ल्याउनुपर्नेमा जोड दिए । डा. अनिलले स्वच्छ ऊर्जाको प्रयोग बढाउन सकिएमा स्वास्थ्य जोखिम कम गर्न सकिने भएकाले नवीकरणीय ऊर्जा उद्यमीहरूलाई पनि यसतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा परिसङ्घका अध्यक्ष गुणराज ढकालले मुटुरोगको जोखिम घटाउन स्वच्छ ऊर्जाको पनि भूमिका रहेको हुँदा पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा मुटु जाँचका कार्यक्रम राखिएको जानकारी दिए ।

सो अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रका व्यावसायिक सङ्गठनहरू नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ, नेपाल लघु जलविद्युत् विकास संस्था, नेपाल बायोग्यास प्रवर्द्धन सङ्घ, जल तथा ऊर्जा परामर्शदाता सङ्घ नेपाल, ग्रामीण प्रविधि उत्पादक सङ्घ नेपाल, नेपाल सौर्य ताप ऊर्जा सङ्घ, जैविक ऊर्जा व्यवसायी सङ्घ नेपाल र वायोग्यास सेक्टर पार्टनरसिप नेपाललगायतका सङ्घसंस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ४१ बजे

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि