समुदायमा कांग्रेस अभियान : कुन नेता कुन जिल्लामा ? « Khabarhub

समुदायमा कांग्रेस अभियान : कुन नेता कुन जिल्लामा ?


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान हिजोबाट सुरु भएको छ । हरेक जिल्लाका टोल टोलमा गरिने अभियानका लागि केन्द्रीय नेताहरूलाई खटाइएको छ ।

कांग्रेसले फरक फरक जिल्लामा फरक फरक समुदायका बीच पुग्न र संवाद गर्न केन्द्रीय टोली खटाएको हो । टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक रहने छन् ।

अभियानअन्तर्गत डा. शेखर कोइराला झापा र सुनसरी), डा नारायण खड्का संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा, बलबहादुर केसीलाई मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर तोकिएको छ ।

यस्तै, कांग्रेसले प्रकाशमान सिंहलाई मधेश प्रदेशका महोत्तरी, सिराहा, सप्तरी, धनुषा तथा बागमतीको सिन्धुली र मकवानपुरमा खटाएको छ । यसैगरी, महालक्ष्मी उपाध्याय ‘डिना’लाई बारा, पर्सा, रौतहट, सर्लाही, धादिङ र चितवनमा पठाएको छ ।

कांग्रेसले डा मिनेन्द्र रिजाललाई काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा, पुष्पा भुसाललाई ललितपुर, भक्तपुर, रामेछाप र दोलखा पठाएको छ ।
यसैगरी महेन्द्र यादवले तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुरको नेतृत्व गर्नेछन् भने प्रदीप पौडेल कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ पुग्ने छन् ।

नेता विमलेन्द्र निधि रूपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा पुग्दा डा. डिला संग्रौला कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी जानेछन् ।
यसैगरी डा. शशांक कोइरालालाई दैलेख, सल्यान र सुर्खेत पठाइएको छ भने भिष्मराज आङ्देम्बेले कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कंचनपुरको नेतृत्व गर्नेछन् ।

तोकिएका जिल्लाहरुमा भिन्नभिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ । टोली पुस २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ४२ बजे

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौं– सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ

नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं– चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले

क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका

एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने