समुदायमा कांग्रेस अभियान : कुन नेता कुन जिल्लामा ? « Khabarhub

समुदायमा कांग्रेस अभियान : कुन नेता कुन जिल्लामा ?


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान हिजोबाट सुरु भएको छ । हरेक जिल्लाका टोल टोलमा गरिने अभियानका लागि केन्द्रीय नेताहरूलाई खटाइएको छ ।

कांग्रेसले फरक फरक जिल्लामा फरक फरक समुदायका बीच पुग्न र संवाद गर्न केन्द्रीय टोली खटाएको हो । टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक रहने छन् ।

अभियानअन्तर्गत डा. शेखर कोइराला झापा र सुनसरी), डा नारायण खड्का संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा, बलबहादुर केसीलाई मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर तोकिएको छ ।

यस्तै, कांग्रेसले प्रकाशमान सिंहलाई मधेश प्रदेशका महोत्तरी, सिराहा, सप्तरी, धनुषा तथा बागमतीको सिन्धुली र मकवानपुरमा खटाएको छ । यसैगरी, महालक्ष्मी उपाध्याय ‘डिना’लाई बारा, पर्सा, रौतहट, सर्लाही, धादिङ र चितवनमा पठाएको छ ।

कांग्रेसले डा मिनेन्द्र रिजाललाई काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा, पुष्पा भुसाललाई ललितपुर, भक्तपुर, रामेछाप र दोलखा पठाएको छ ।
यसैगरी महेन्द्र यादवले तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुरको नेतृत्व गर्नेछन् भने प्रदीप पौडेल कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ पुग्ने छन् ।

नेता विमलेन्द्र निधि रूपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा पुग्दा डा. डिला संग्रौला कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी जानेछन् ।
यसैगरी डा. शशांक कोइरालालाई दैलेख, सल्यान र सुर्खेत पठाइएको छ भने भिष्मराज आङ्देम्बेले कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कंचनपुरको नेतृत्व गर्नेछन् ।

तोकिएका जिल्लाहरुमा भिन्नभिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ । टोली पुस २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ४२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक