‘जनयुद्धभन्दा सडक दुर्घटना भयानक’ « Khabarhub

‘जनयुद्धभन्दा सडक दुर्घटना भयानक’


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– नेपाली जनता सडक दुर्घटनाको जोखिममा रहेको र कुनै पनि समय सडक दुर्घटनाको समाचार बन्ने अवस्था रहेको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानको १५औँ अधिवेशन उद्घाटन समारोहमा सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष राईले नेपालमा सडक दुर्घटना महामारीझैं बढिरहेको बताए ।

देशमा भइरहेको सडक दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै प्रत्येक दिन सरदर ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको र ४० जना नेपाली सडक दुर्घटनामा परेर घाइते हुने गरेको उनले बताए ।

माओवादी जनयुद्धताका १० वर्षमा १७ हजारको ज्यान जाँदा देशले संकटकालको सामना गर्नुपरेको स्मरण गर्दै अहिले भइरहेको सडक दुर्घटनाबाट १० वर्षमा २८ हजार ८ सयले ज्यान गुमाउने गरेको राईको दाबी छ । जनयुद्धभन्दा सडक दुर्घटना भयानक र ठूलो संकट रहेको उनले बताए ।

सडक दुर्घटनाको मूल कारण भौतिक, मानवीय, यान्त्रिक र पर्यावरणीय रहेको बताउँदै उनले सडक प्रयोगकर्ता सबैमा सचेतना फैलाउन सकिएको खण्डमा मानवीय कारणबाट हुने धेरै दुर्घटना न्यूनीकरण गर्न सकिने तर्क गरे ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ५२ बजे

कात्तिक १८ देखि २१ गतेसम्म राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप हुने

कास्की– पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने

छठअघि सिर्सिया नदी सफाइ अभियान

काठमाडौँ– छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु, एक जना घाइते

सोलुखुम्बु– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड दुईघण्टा बन्द

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिएकाे छ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौँ– काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको