च्याउखेतीबाट मनग्य आम्दानी « Khabarhub

च्याउखेतीबाट मनग्य आम्दानी


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी- बिहान उठेपछि साँझसम्म च्याउको रेखदेख गर्ने, च्याउ टिप्ने र हाटबजार लगेर बेच्ने टीकाप्रताप सेन ठकुरीको दिनचर्या बनेको छ । ५६ वर्ष पुगेका नवलपरासी (बर्दघाट) सुस्तापूर्व नवलपुरको कावासोती–८ का ठकुरीले च्याउ खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् ।

पाँच वर्ष अघिदेखि च्याउ खेती सुरु गरेका ठकुरीको अहिले बाह्रवटा टनेलमा च्याउ उत्पादन भइरहेका छन् । सुरुमा घरमा दुईवटा टनेलमा च्याउ खेती प्रारम्भ गरेका उनले च्याउ खेतीमा आम्दानी लिन सकिन्छ भन्ने थाहा भएपछि घर नजिकै दसकठ्ठा जग्गा भाडामा लिएर खेती विस्तार गरेका हुन् ।

घरमा दुई र भाडाको जग्गामा दस वटा टनेल बनाएर च्याउ उत्पादन गरिरहेको ठकुरीले बताए । एक पटक लगाइएको एउटा च्याउ उत्पादन गर्ने पोकाबाट सात/आठ पटक च्याउ टिप्न सकिने उनको भनाइ थियो । गत वर्ष करिब पाँच क्वीन्टल च्याउ बिक्री गरेका ठकुरीले यस वर्ष बाह्र क्वीन्टलको हाराहारी उत्पादन गरी बिक्री गर्ने लक्ष्य लिएका छन् ।

यसपटक धेरै च्याउ उमार्ने गरी काम गरिएको र उत्पादित च्याउ कावासोतीकै बजारमा खपत हुँदै आएको ठकुरीको भनाइ थियो । यसवर्ष रु २० लाख बराबरको च्याउ बिक्री गर्ने योजनाअनुसार काम गरिरहेका  उनले खर्च रु एक लाख हुने र खर्च कटाएर रु दस लाखसम्म आम्दानी लिने लक्ष्य रहेको बताए ।

च्याउ उत्पादन धेरै हुँदा सुकाएर मसरुम सुपका लागि पोका बनाएरसमेत बिक्री गर्ने गर्ने गरिएको छ । मसरुम सुप तयार पार्ने मेसिन खरिद गरिएको र उत्पादन धेरै हुँदा प्याकेट पारी बिक्री गर्ने गरिएको छ । च्याउ फार्ममा दुई कामदारसमेत छन् । त्यसबाहेक छोराले पनि च्याउ उत्पादन तथा बिक्रीमा सहयोग पुर्‍याउँदै आएको उनले बताए ।

पहिले भारत र नेपालमा गाडी चालकका रुपमा काम गरेका ठकुरी त्यो काम छाडेर केरा खेतीमा लागे । केरा खेतीमा भनेजस्तो आम्दानी नभएपछि हाटबजारमा तरकारी खरिद बिक्री गर्न सुरु गरेका उनी पछि च्याउ खेतीमा लागेका हुन् ।

छोरा ठूलो हुँदै गएपछि विदेश पठाउनु भन्दा यहीँ नै केही पेसा गरौँ भन्ने लागेर च्याउ खेतीगर्न सुरु गरिएको ठकुरीको भनाइ थियो । “छोराको पनि उमेर पुगेपछि विदेश पठाउनुपर्थ्यो, विदेशमा राम्रै हुन्छ भन्ने ग्यारेन्टी थिएन, के गर्ने भन्ने विकल्प खोज्दै जाँदा यता लागियो” उनले भने, “अहिले छोराले पनि यसैमा साथ दिएको छ, आम्दानी पनि राम्रौ छ, च्याउ खेती गर्ने रहर पुगेको छैन । यसका लागि लागि कृषि ज्ञान केन्द्रले बीउ खरिदमा रु एक लाख सहयोग गरेको छ ।”

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : ०७ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट