वर्गीय शोषण अन्त्य गरी आर्थिक रूपान्तरण गर्न जोड : नेपालको दस्तावेजसहित   | Khabarhub Khabarhub

वर्गीय शोषण अन्त्य गरी आर्थिक रूपान्तरण गर्न जोड : नेपालको दस्तावेजसहित  


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको जनाउँदै यो प्रयासलाई अझ बढाउनुपर्नेमा जोड दिएका छन् । पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायमका लागि प्रयास गरिरहेको र यो प्रयासलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष नेपालले लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई कमजोर तुल्याउने वा व्यवस्था परिवर्तन गर्ने कोसिस भइरहेकामा चिन्ता व्यक्त गर्दै वर्तमान व्यवस्थाका पक्षधर सजग हुनुपर्ने बताए । “मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्थाप्रति सरकार र दलहरु सजग हुनुपर्छ”, अध्यक्ष नेपालले भने ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकमा अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले समाजमा विद्यमान वर्गीय शोषणको अन्त गरी जनताको आर्थिक रुपान्तरण गर्न पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण तथा आदर्शलाई स्थापित गर्न आवश्यक रहेको बताए ।

उनले विश्व राजनीतिको चर्चा गर्दै उनले अन्तर्राष्ट्रिय मुद्रास्फितिले विश्व सामाजिक परिवेशमा हुनसक्ने प्रभावका साथै त्यसले मुलुकको अर्थतन्त्रमा पर्ने नकारात्मक असरबारे धारणा राखे । नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन समाजवादी मोर्चा गठन गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजिक अन्तर्विरोधको न्यूनीकरण गर्न वर्गीय विभेद्को अन्त्य गर्नुपर्ने बताए । उनले तीन तहको सरकारमा पार्टीको सहभागिता रहेको जनाउँदै जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिए ।

विद्यमान समाजवादी मोर्चालाई कायमै राख्नुपर्ने भन्दै उनले हालैको राष्ट्रियसभा निर्वाचनको परिणामका आधारमा वर्तमान सत्ता गठबन्धन विभाजित हुन नहुने पनि बताए । उनले बैठकबाट पारित विधानबमोजिम पार्टीको प्रथम महाधिवेशन हुने जानकारी दिए ।

सो अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष डा वेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायतले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका, नेकपा ९एमाले० बाट अलग भएर नयाँ पार्टी गठन गर्नुको औचित्यका विषयमा सम्बोधन गरेका थिए ।

आइतबारदेखि सुरु भएको पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा समसामयिक राजनीतिबारे अध्यक्ष नेपालको लिखित दस्तावेज :-

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : ४४ बजे

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम

रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय, प्रदेश र जिल्ला

जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ

पर्वत – पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष