महिला क्रिकेटमा बागमती र कोशी प्रदेश विजयी « Khabarhub

महिला क्रिकेटमा बागमती र कोशी प्रदेश विजयी


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा जारी मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कोशी प्रदेश विजयी भएको छ ।आइतबार भएको पहिलो खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध ८ विकेटको फराकिलो जित निकालेको हो । गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा कर्णालीले दिएको ८३ रनको सामान्य लक्ष्य बागमतीले १३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

बागमतीको जितमा कप्तान सोनी पाख्रिनले नटआउट सर्वाधिक २८ रन बनाईन् । ३० बल खेलेकी सोनीले २ चौका प्रहार गरिन् । ओपनर सेविका यादवले २८ बलमा १४ रन बनाईन् । कर्णालीकी एन्जिला थापाले १ विकेट हात पारिन् ।

त्यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको कर्णाली बागमतीको कशिलो बलिङ सामू निरिह बन्यो । १५ ओभरमा घटाईएको खेलमा कर्णालीले ७ विकेट गुमाउँदै ८२ रन मात्र जोड्न सक्यो । कर्णालीकी ओपनर त्रिसना विश्वकर्माले २२ तथा कप्तान किरण कुवँरले १७ रन जोडे । त्रिसनाले ३५ बलमा ३ चौकाको मद्दतमा २२ तथा कप्तान किरणले २८ बलमा २ चौकाको मद्दतमा १७ रन बनाए ।

कर्णालीलाई सस्तैमा समेट्न बागमतीकी पूजा साउदले ३ विकेट लिईन् । ३ ओभर बलिङ गरेकी पूजाले एक मेडन राख्दै १६ रन खर्चिन् । क्रिश्मा गुरुङ, मनिषा उपाध्याय र लक्ष्मी रुम्बाको नाममा एक(एक विकेट रह्यो ।

आजको दोस्रो खेलमा कोशी प्रदेशले मधेसलाई ४ विकेटले हरायो । समूह ए मा रहेको कोशीको यो पहिलो जित हो । कोशी यस अघि पहिलो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो । मधेसले भने लगातर दुई खेल दुई हार व्यहोरेको छ । मधेस पहिलो खेलमा सुदुरपश्चिमसँग पराजित भएको थियो ।

आज मधेसले दिएको एक सय १४ रनको लक्ष्य कोशीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । कोशीले मधेसविरुद्ध राम्रो सुरुवात गरेको थियो । ओपनरद्धय भवानी कमाती र पुर्णिमा राजवंशीले राम्रो सुरुवात दिएपछि कोशीले जितको आधार तय गरेको थियो ।

यी दुई ओपनरबीच पहिलो विकेटका लागि ३९ रनको साझेदारी भएको थियो । जसमा भवानीले २४ बलमा व्यक्तिगत २६ रन बनाईन् । आक्रमक ब्याटिङ गरेकी भवानीले ५ चौका प्रहार गरिन् । पुर्णिमा ९ रन बनाएर पभिलियन फर्किईन् । कप्तान बिमला मलहा १३ र प्रिया मलहा १२ रनमा रनआउट भए । मधेसकी मोनिका साहले ३ विकेट लिए पनि हार टार्न सकिनन् ।

त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको मधेसले साना प्रविनको ३७ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १३ रन बनाएको थियो । ३९ बल खेलेकीले सानाले ५ चौका प्रहार गरिन् । सीमा कुवँरले ३३ बलमा ३ चौकाको मद्दतमा २१ तथा भूमी सिंहले ११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । कोशीकी भवानी कमातीले २ तथा हिरनमयी रोय, प्रिया मलहा र निरा राजवंशीले समान एक(एक विकेट हात पारे ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा बिहान ९ः३० बजे कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश भिड्नेछन् भने दोस्रो खेल दिउँसो १स्३० बजे बागमती र लुम्बिनी प्रदेशबीच हुनेछ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : १६ बजे

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय